बुद्ध एयरमा चरा ठोक्किएको होइनः पोखरा विमानस्थल (भिडियोसहित)
पाेखरा | फागुन ९, २०७९
पोखराः सोमबार पोखरा विमानस्थलमा अवतरण गरिरहेकोबेला बुद्ध एयरसँग चिल ठोक्किएर झरेको भिडियो बाहिरिएपछि यसबारे सर्वसाधारणको जिज्ञासा बढेको छ ।
भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्टिने व्यक्ति इश्वर क्षेत्री हुन् । यस भिडियोको आधिकारिता खोज्ने क्रममा पोखरा अन्र्तराष्ट्रिय विमानस्थलका प्रमुखसँग सम्पर्क गर्दा उनले बुद्ध एयरको विमानसँग चिल ठोक्किएको अस्वीकार गरेका छन् ।
‘सामाजिक सञ्चालमा भिडियो आएपछि सर्वसाधारणको जिज्ञासा बढ्नु स्वभाविक हो’, गौतमले भने, ‘हिजो सार्वजनिक भएको भिडियोबारे मलाई पनि जानकारी आएको थियो, हेरें तर कहिलेको हो, कहाँ हो, यसबारे कुनै रिपोर्टिङ छैन ।’
बुद्ध एयर पोखराका म्यानेजर गौतम बरालले भिडियोमा सत्यता नभएको दावी गरेका छन् । ‘जहाजसँग चराहरु ठोक्किए क्षति पुग्छ तर जहाजमा कुनै क्षति भएको देखिएन’, गौतमले भने, ‘हिजो काठमाडौंबाट पोखरा आएको जहाज पुनः काठमाडौं नै फर्केको छ, जहाजमा कुनै समस्या छैन ।’
सामाजिक सञ्जालमा भाइरल भिडियोमा भने जहाज उड्दै गर्दा दुई वटा गिद्ध वेगसँग झरेको देखिन्छ ।
भिडियोग्राफर क्षत्रीले भने घुम्न जानेक्रममा मोबाइलबाट जहाजको भिडियो खिच्नेक्रममा उक्त दृश्य कैद भएको सुनगाभा न्यूजसँग बताएका छन् । उनले भने, ‘मैले खिचिरहँदा जहाज क्रस भएपछि चीलजस्तो देखिने चरा रन्थनिँदै झरेको छ । जुन भिडियोमा प्रष्टै छ ।’
(भिडियोसहित)
गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन । नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

